Home / Nepal / News / सुर्खेतमा प्लास्टिकमा बेरिएको अवस्थामा नवजात सिसुको शव भेटियो।

सुर्खेतमा प्लास्टिकमा बेरिएको अवस्थामा नवजात सिसुको शव भेटियो।

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर ६ स्थित खोर्के खोलामा
एक नवजात शिशुको शव भेटिएको छ।

प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।जन्मिने बित्तिकैको नवजात शिशुलाइ प्लाष्टिकले बेरेर खोलामा फलिएको अवस्थामा शुक्रबार बिहान ९ बजे शव फेला परेको हो।

शवलाइ कसले र कहिले फालेको भन्नेबारे अनुसन्धानका लागि पोष्टमार्टम गर्न कर्णाली प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *