नेपालगन्ज: नेपालगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा गएराति मृत्यु भएको हो।
कोरोना सन्क्रमीत ती पुरुषमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।






