क्याप्टेन केएल राहुल चम्किदा इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई २०७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रनको लक्ष प्रस्तुत गरेको हो। पञ्जाबका तर्फबाट कप्तान केएल राहुलले शतक पूरा गरेपछि विशाल योगफल तयार भएको हो।
उनले ६९ बलमा १३२ रन जोड्दै पञ्जाबको पल्ला भारी बनाएका थिए। जारी आईपीएलको पहिलो शतकको रुपमा राहुलले विशाल रन खडा गरेका हुन। त्यस्तै मयंक अग्रवालले २६ रन तथा निकोलस पुरनले १७ रन जोडेका थिए।
जवाफी ब्याटिङको लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर ले खराब सुरुवात गरेको छ। यो समाचार तयार पार्दा सम्म ४.३ ओभर खेल्दै ३ बिकेटको क्षतिमा २२ रन बनाएको छ।






