लगातारकाे वर्षाका कारण सहायक नदिहरुमा पानीको मात्रा वृद्धि संगै नारायणी नदिमा पानीको सतह बढेको छ। सहायक नदिहरु त्रीसुली, कालीगण्डकी, मस्र्याङ्दी, दरौदी बुढिगन्डकी लगायतमा लगातारको बर्षाले पानीको तह वृद्धि सङै नारायणी नदि खतराको बिन्दुमा पुगेको हो।
नारायणी नदीका किनारमा रहेका चितवन तथा नवलपरासीका बस्तीहरुमा सतर्क रहन जिल्ला प्रसासन कार्यलयले आग्रह गरेको छ। नदि आसपासका स्थानीय तहले समेत तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






