Home / Society / कुलमान घिसिङले भने- मेरो समर्थनमा जुलुसका नाममा भिडभाड नगरिदिनोस्

कुलमान घिसिङले भने- मेरो समर्थनमा जुलुसका नाममा भिडभाड नगरिदिनोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो समर्थनमा जुलुस र भिडभाड नगरिदिन सबैमा आग्रह गरेका छन् । 

घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरी चारवर्षे कार्यकाल पूरा बताएका छन् । ‘‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’’ घिसिङले भनेका छन् । 

यस्तै उनले विज्ञप्तिमा थप भनेका छन्, ‘‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएका वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *