काठमाडौं: पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टिभए संगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार मात्रै २ हजार २० जनामा संक्रमण देखिएको थियो जुन हाल सम्मकै सबै भन्दा बढी सन्क्रमीत थपिएका हुन।
कोरोना सक्रिय संक्रमीतको संख्या १७ हजार ३ सय ८३ रहेको छ। यसैगरी कोरोना संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० रहेको र बिगत २४ घन्टामा ७ जनाको मृत्यु भएको हो। यो सङै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ३९० पुगेको छ।






