Home / Nepal / चितवनमा सय केजी गाँजासहित दुईजना पक्राउ

चितवनमा सय केजी गाँजासहित दुईजना पक्राउ

चितवन । चितवनमा सय केजी गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने दोर्जे लामा र पदमबहादुर मोक्तान रहेका छन् । 

प्रहरीका अनुसार भदौ २१ गते रातको समयमा प्रहरीले उक्त नगरपालिका वडा नम्बर ८ पम्फा खोला किनारमा ५ वटा बोरामा पोका बनाई राखेको  वेवारिसे गाँजा बरामद गरेको थियो ।  

यस विषयमा अनुसन्धान गर्दै जाँदा उनीहरुलाई बिहीबार पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

थापाका अनुसार गाँजा ओसारपसारमा प्रयोग गरिएको ना.३९ प २२५८ नं.को मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।  

यस कसुरमा दुई वर्षदेखि १० वर्षसम्म जेलसजाय र १ लाख देखि १० लाख सम्म जरीवाना हुने थापाले बताए । उनीहरुको म्याद थपेर अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *