Home / Nepal / News / अभिनेत्री कंगनाले पत्रकारलाई दिएको धम्कीको प्रेस क्लबद्वारा निन्दा

अभिनेत्री कंगनाले पत्रकारलाई दिएको धम्कीको प्रेस क्लबद्वारा निन्दा

एजेन्सी । मुम्बई प्रेस क्लबले अभिनेत्री कंगनाले एक पत्रकारमाथि दिएको धम्कीको निन्दा गरेको छ । बिहिबार, कंगनाले ट्विट गर्दै एक पत्रकारलाई जेल पठाउने धम्की दिएकी थिइन् ।

हालै कंगनाले एक अन्तवार्तामा आफू बीजेपी भएर पनि शिवसेनालाई जबरजस्ती भोट हाल्न लगाएको बताएकी थिइन् । साथै उनले भोट हाल्न जाँदा बीजेपीलाई भोट हाल्ने बटन नदेखेको पनि भनेकी थिइन् । कंगनाको यहि कुरालाई उक्त पत्रकारले झुट बोलेकोसमेत बताएकी थिइन् ।

पत्रकार कमलेश सुतारले कंगनाले झूट बोलेको भन्दै ट्विटरमा लेखेका छन्,“कंगना बान्द्रा वेस्ट सिटको मतदाता हुन् । सन् २०१९ को विधानसभा चुनावमा बीजेपीका उमेदवार आशीष शेलार र सन् २०१९ को लोक सभा चुनावमा बीजेपीकै पुनम महाजन लडेका थिए ।”

पत्रकार सुतार अगाडि लेख्छन्,“यदि उनले (कंगना) २०१४ सालको कुरा गरेको हो भने पनि  लोकसभामा बीजेपी सेना एकआपसमै लडेका थिए । विधानसभा चुनावमा उनीसँग बीजेपीलाई मतदान गर्ने विकल्प थियो किनकी दुबै दलले छुट्टै लडाई लडेका थिए । उनीहरु २०१७ सालको चुनावमा पनि एकआपस विरुद्ध नै लडेका थिए ।”

पत्रकारको यहि ट्विटमा आक्रोश पोख्दै कंगनाले धम्की दिँदै लेखेका थिए,“तिमी गलत छौं, यसरी गलत सूचना फैलाउन बन्द गर ।  म तिमीलाई कानुनी सूचना पठाउने छु । तिमीले यो अदालतमा प्रमाणित गर्नुपर्नेछ, यो ट्रोलको कारण तिमी जेलमा पर्नुपर्नेछ ।”

कंगनाको धम्कीमा पत्रकार सुतारले आफू एक पत्रकार भएको र ट्रोलर नभएको भन्दै यसरी धम्की नदिन भनेका थिए । 

यद्यपि कंगनाले उक्त ट्विट अहिले डिलिट गरिसकेका छन् । तर मुम्बई प्रेस क्लबले कंगनाको उक्त ट्विट स्क्रिनसट सेयर गर्दै कंगनाको यो धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कंगनाको धम्कीको निन्दा गरेका छन् । – बलिउड हंगामा

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *