Home / Nepal / News / भोलि देखि इण्डियन प्रिमियर लिग आइपिएल सुरु हुँदै

भोलि देखि इण्डियन प्रिमियर लिग आइपिएल सुरु हुँदै

मुम्बई । कोरोना भाइरसका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि युनाइटेड अरब इमिरेट्समा सुरु हुँदैछ।

भारतमा कोरोना संक्रमण लगातार बढेपछि विश्वकै महँगो क्रिकेट लिग आइपिएल युएईमा हुन लागेको हो। पहिलो खेलमा भोलि नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्स बीच खेल हुनेछ।

सर्वाधिक ४ पटक पदक जितेको मुम्बई र तीन पटक पदक उपाधी उचालेको चेन्नाइ बिचको प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुनेछ। दुवै टिम आइपिएल इतिहासका सबैभन्दा सफल टिम हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *