Home / World News / प्रीमियर लिगमा चेल्सिको बिजयी शुरूवात

प्रीमियर लिगमा चेल्सिको बिजयी शुरूवात

काठमाडौ- इंग्लिस प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ। सोमबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
चेल्सीले खेलको २३ मिनेटमा पेनाल्टी अवसरमा गोल गर्दै अग्रता लियो। चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमा गोल गरे।
पहिलो हाफमा १-० ले अघि रहेको चेल्सीविरुद्ध ब्राइटनका ट्रोसार्डले ५४ मिनेटमा बराबरी गोल गर्यो।
त्यसको दुई मिनेटपछि नै पुन चेल्सीले अग्रता लिन सफल भयो। ५६ मिनेटमा रेस जेम्सले २५ यार्ड टाढाबाट गोल गरे। जर्जिन्होले पासमा उनले त्यो गोल गर्न सफल भएका थिए।
६६ मिनेटमा चेल्सीले तेस्रो गोल गरे। कर्ट जोउमाले चेल्सीका लागि तेस्रो गोल गरेका हुन्। यसपटक जेम्सले गोल गर्न पास दिएका थिए।
लिगको अर्को खेलमा शेफिल्ड युनाइटेडले वुल्भ्सलाई २-० गोलले हराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *