Home / Politics / असोज ५ बाट अन्तर जिल्ला यातायात र आन्तरिक हवाइ यातायात खुल्ने

असोज ५ बाट अन्तर जिल्ला यातायात र आन्तरिक हवाइ यातायात खुल्ने

काठमाडौं: सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो।

सीसीएमसीको प्रस्ताव अनुसार निर्णय भएको  भए पनि  मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरिएको छैन। अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको थियोे।

साउनमा ५ गते मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिएता पनि कोरोनास संक्रमण द्रुत गतिमा बढेकोले सरकार निर्णय कार्यन्वयन गर्न बाट पछि हटेको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *