Home / Society / प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना

प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रही केही    स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *