एजेन्सी । सुशान्तको मृत्यु प्रकरणमा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको एनसीबीले सुशान्त र रियाले लकडाउनमा आधाकिलो क्युरेटेड गाँजा रियाको घरमा पठाएको पत्ता लगाएको छ । एनसीबीको अनुसन्धान अनुसार सुशान्त लकडाउनमा केही समय रियाको घरमा उनको परिवारसँग गएर बस्न जान खोजेको पत्ता लागेको छ । रिया उनको परिवारसहित शान्ताक्रृज फ्ल्याटमा बस्थ्यो ।
रियाको घरमा जानका लागि सुशान्त र रियाले घरका सामानहरु ओसार्नका लागि फास्ट डेलिभरी कुरियर कम्पनीलाई पनि सम्पर्क गरिसकेको थियो । घरका सामानहरुका साथमा रिया र सुशान्तले आधा किलो गाँजा पनि लुकाएर ५ अप्रिलमा रियाको घर पठाएको समाचारमा उल्लेख छ । गाँजासहितको सामान कुरियर गर्नका लागि सुशान्तको घरमा काम गर्ने कामदार दिपेश सावन्तले उक्त कुरियर कम्पनीलाई फोन गरेका थिए भने कुरियर गरेर पठाएको गाँजाको प्याकेट रियाका घरमा उनका भाइले लिएका थिए ।
रिया र सुशान्तले गाँजा कसैले पनि नदेखोस् भनेर सामानका साथै कुरियर गरेको पत्ता लागेको छ । एनसीबीले सुशान्त र रियाको सामान कुरियर डेलिभरी गरेको कर्मचारीलाई गरेको सोधपुछमा दिपेश सावन्त र सोविक चक्रवर्तीको नाम लिएको हो ।






