Home / Society / चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ ।  

विभागका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही    स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । 

प्रदेश १, वागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *