सप्तरी: सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका लोहजराका लक्ष्मी महतो रहेको ज़िल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारले जनाएका छन।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरीले आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन।
तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रमानन्द चौधरीका अनुसार आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताएका छन। पीडित बालिकाको कपडा खोलेपछि बालिकाले चिच्याएको आवाज स्थानीयबसीले सुनी उद्धार गरेको प्रहरीले जनाएको छ।






