Home / Nepal / News / भरतपुरको चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा

भरतपुरको चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा

चितवन : जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ।

हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन र रोर्र्याक्ट क्लब अफ मिड टाउनको सहआयोजनामा शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले चोकको बीचभागमा रहेको आइल्याडमा झण्डोत्तोलन गरिएको हो।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले झण्डोत्तलन गर्दै युवाले आइल्यान्ड संरक्षण गरेकामा धन्यवाद व्यक्त गरे। हेल्प फर ह्यापिनेस संस्थाका अध्यक्ष नवीन तिवारीले भरतपुरको मुख्य स्थल चौबिसकोठीमा राष्ट्रिय झण्डा फहराउँदा सकारात्मक सन्देश जाने बताए। उनले आइल्याण्डको सरसफाइ र सुन्दरताको काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए।

पूर्वपश्चिम राजमार्गमा पर्ने सो चोकबाट सो ठाउँमा गोलो आइल्याण्ड बनाएर पानीका फोहोरा, स्तम्भ र बगैँचा बनाइ पश्चिम चितवन र वाइपास सडकतर्फ जाने सडक जोडिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *