Home / Society / बझाङमा आफ्नै श्रीमतीको कान काट्ने २५बर्षे पुरुष पक्राउ

बझाङमा आफ्नै श्रीमतीको कान काट्ने २५बर्षे पुरुष पक्राउ

बझाङको जयपृथ्वी नगरपालिका -१ भण्डारगाउँ मा कान काटेको अभियोगमा एक पुरुष पक्राउ परेका छ। पक्राउ पर्नेमा सोही ठाँउ निवासी २५ वर्षीय मनोज नेपालीले रहेको प्रहरीले जनाएको छ।

अभीयुक्त नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् । मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान काटेका थिए ।

घटनापछि फरार भएका नेपालीलाइ पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पीडीत जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । तीन सन्तानकी आमा जानकीलाइ महिनौं दिन देखी श्रीमानले कुटपिट गर्दै आएको पिडीतले बताएकी छिन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *