काठमाडौं : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।
बुधबार बिहान सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा दुर्घटना भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन। घाइते भएका २५ मध्ये २३ जनाको पहिचान खुलेको छ।
घाइतेमध्ये १५ जनाको सिन्धुपाल्चोको खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा र आठजनाको काभ्रेको धुलिखेल अस्पतामा उपचार भइरहेको छ। यस्तै, पहिचान नखुलेका दुईजनाको पनि उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयल सिन्धुपाल्चोकले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा ललितपुरको ठूलाजोर घर भएकी संगीता पहारी, सिन्धुलीको मरिणखोला घर भएकी सुस्मा मगर छन्। अरू २१ जना घाइते सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका स्थानीय रहेका जनाइएको छ।
घाइतेहरूको नामावली पढ्नोस्–








