काठमाडौं । कोरोना संक्रमितको संख्या आज पनि थप भएको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सेती अस्पतालमा उपचार गराइरहेका एकजना र टेकु अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ भने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।






