Home / Nepal / युट्युबमा धेरै हेरिएका विश्वभरका गायिकाको सूचीमा नेहा दोस्रो स्थानमा

युट्युबमा धेरै हेरिएका विश्वभरका गायिकाको सूचीमा नेहा दोस्रो स्थानमा

मुम्बइ । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विश्वभरका गायिकाहरुलाई पछि पारेकी छिन् । 

२०१९ मा युट्युबमा धेरै हेरिएका विश्वभरका गायिकाको सूचीमा नेहा दोस्रो स्थानमा छिन् ।

एक्स-एक्टस चार्टले गरेको अध्ययन विवरणको उत्कृष्ट १० मा पर्ने नेहामात्रै बलिउड गायिका हुन् । 

युट्युबमा धेरै सर्च गरिएका विश्वभरीका गायिकामध्ये ४.८ बिलियन पटक सर्चसहित अमेरिकन रैपर कार्डी बि पहिलो स्थानमा पर्न सफल बनिन् भने नेहा ४.५ बिलियन पटक खोजिएर दास्रो स्थान ओगट्न सफल भएकी हुन् । 

यस्तै तेस्रो स्थानमा ४.२ बिलियन सहित कोलम्बियन गायिका क्यारोल जी छिन् ।

उनी पछि चौँथो र पाँचौ स्थानमा क्रमश ४ बिलियन र ३.७ बिलियन पटक सर्च लिस्टमा परी साउथ कोरियन गायिकाको समूह ब्लाकपिंक र अमेरिकन गायिका एरियाना ग्रान्डे पर्न सफल भइन् । 

संसारभरीका चर्चित गायिकाहरुलाई उछिन्न सफल नेहाले यो खुशीको खबर सामाजिक संजाल इन्स्टाग्राममार्फत व्यक्त गरेकी छिन् ।

https://www.instagram.com/p/B_3zP0Jju-M/?igshid=mpxoqyajrljy

उनले टप १० लिस्ट सेयरगर्दै लेखेकी छिन्,“ यो भन्दा धेरै धन्यवाद भन्नै सक्दिन, जय माता दी, तपाईहरुकी नेहा ।”

नेहाले इन्डियन आइडल ६को प्रतिस्पर्धीको रुपमा सांगितिक करियरमा पाइला चालेकी हुन् ।

यस्तै तेस्रो स्थानमा ४.२ बिलियन सहित कोलम्बियन गायिका क्यारोल जी छिन् । 

उनी पछि चौँथो र पाँचौ स्थानमा क्रमश ४ बिलियन र ३.७ बिलियन पटक सर्च लिस्टमा परी साउथ कोरियन गायिकाको समूह ब्लाकपिंक र अमेरिकन गायिका एरियाना ग्रान्डे पर्न सफल भइन् । 

त्यस्तै छैठौंमा मारिलिया मेनडोन्का, सातौँमा बिली आइलिस, आठौंमा निकी मिनाज, नवौंमा बेकी जी र अन्तिम अर्थात दसौंमा सेलेना गोमेज परेकी छिन् । – नवभारत टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *