कोरोना भाइरसका कारण अहिले सम्म पनि +२ को परिक्षा हुन सकेको छैन। परिक्षा बोर्डले बिद्यालय स्वयंलाई आन्तरिक मुल्यांकन बाट परिणाम निकाल्ने या त बोर्डले परिक्षा गराउने भन्ने निर्क्योउल गर्न सकिरहेको छैन।
कक्षा १२ सकेर बिबिए पढ्ने सपना बोकेर बसिरहेका लाखौ बिद्यार्थीहरुका लागि यो जानकारी उपयुक्त हुन्सक्छ। मानिसहरुको जिवनसैली बदलिएको छ। हरेक कुराको जानकारी लिन गुगलको सहारा लिने गरिन्छ। तर सबैलाइ थाहा नहुन सक्छ यसमा राखिएका लाखौ जानकारीहरु असत्य पनि हुन सक्छ।
यस्तै बिबिए पढ्न चाहने हरुको लागि कुन चै कलेज मेरो लागि उपयुक्त हुन्छ भनेर जानकारी दिने उदेश्यले यस्लाइ तयार पारिएको छ । सामान्यतया नेपालमा रहेका बिश्वबिद्धालयहरु बाट सम्बन्धन पाएका सबै कलेजहरुमा पढाइहुने विषयबस्तुहरु लगभग नै समान रहेका हुन्छ्न।
बिबिएमा पढाइ हुने विषयबस्तु लगभग उस्तै र उही हुन तर फरक यति हो कि बिश्वबिद्धालय हरुले सिफारिस गरेका पब्लिकेसन्स अनुसारको किताबको नाम र कुन बर्समा पढाईहुने भन्ने कुरा र अतिरिक्त कृयाकलाप इन्टन्सिपले मात्र फरक पार्न सक्छ।
यदि तपाइँका अभिभावकले महँगो शुल्क तिर्न सक्नुहुन्न भने, तपाइँका लागि सरकारी कलेज हरु उपयुक्त हुन सक्छ । सरकारी कलेजहरु BBA पढ्न चाहने बिद्यार्थीहरुको रोजाइमा पर्ने गर्दछ।
नेपाल कमर्स क्यापस मीन भवन, शंकरदेब क्याम्पस पुतलीसडक, पब्लिक युथ क्यापस धोबिचौर, पद्मकन्या क्यापस बागबजार जस्ता सरकारी कलेजहरू छनौट गर्न सक्नुहुन्छ। जहाँ ४ बर्स भित्रमा ३ देखि ४ लाख सम्म लागत लाग्न सक्छ।
यदि तपाइँका अभिभावकले अलि बढीनै शुल्क तिर्न सक्नु हुन्छ भने काठमाडौ बिश्वबिद्धालय अन्तरगत कुसुम, एपेक्स , एस, साइम SAIM, युनिग्लोब, केएमसी जस्ता कलेज हरु उपयुक्त हुन सक्छ्न जहाँ ४ बर्स भित्रमा ७ देखि ९ लाख लागत लाग्न सक्छ।
जहाँ अतिरिक्त पाठ्यक्रम, इन्टर्नशिप बाहेकका कुनै कुरा पनि अन्य कलेज भन्दा खासै फरक हुदैन।
सरकारी कलेजमा पनि नाम निकाल्न सक्नु भएन र महङा कलेज पनि पढ्न क्षमताले नभ्याएको अवस्थामा केही अलि कम्ती खर्चमा पढ्न सक्ने कलेज हरु पनि तपाइको रोजाइमा पर्न सक्छ्न। कान्तिपुर भ्याली कलेज, क्यामड कलेज, थेम्स कलेज ,प्राइम कलेज आदि कलेज उपयुुक्त हुन सक्छ्न जुन कम लोकप्रिय छन्, जहाँ ४ बर्ष भित्रमा ४ देखि ५ लाख लागत लाग्न सक्छ।
यदि तपाइँ उद्यमी हुन खोज्दै हुनुहुन्छ भने तपाईंका लागि प्रेसिडेन्सिल कलेज किङ्स कलेज , काठमाडौ डन बोस्को कलेज, ह्वाइटहाउस कलेज तथा एपेक्स कलेज आदि तपाईंको लागि उपयुक्त हुन सक्छ।
यदि तपाईं राम्रो विद्यार्थी हुनुहुन्छ भने वास्तवमा तपाईंले अध्ययन गर्ने ठाउँले खासै फरक पार्दैन, अहिले त उपत्यका बाहिर पनि राम्रा कलेजहरु छ्न जुन तपाईंको रोजाइमा पर्न सक्छ।
जुनसुकै कलेजमा पढेता पनी आखीर शिक्षक हरु उस्तै हुन्छ्न किनभने सबै शिक्षकहरु प्रायः आंशिक रुपमा अध्यापन गराउछ्न र उनिहरु नै सबै कलेजमा घुम्ने गर्छ्न।
BBA अध्यन पछिको लक्ष्य भनेको सरकारी तथा निजि बिमा कम्पनी तथा बैंक तथा ट्रेडिङ कम्पनी हरु तथा उध्यमसिलता नै हो । जहाँसुकै अध्यन गरेपनी जागिरका लागि तपाईले परिक्षा अनिवार्य दिनुपर्ने हुन्छ।
त्य्सैले यहि कलेज पढेर जागिर फिक्स हुन्छ भन्ने चै हुदैन। यदि तपाई अध्ययनको साथसाथै काम गर्न खोज्दै हुनुहुन्छ भने बीबीएस तपाइको अर्को विकल्प हुन सक्छ।
गुगलमा टप BBA COLLEGE IN NEPAL भनेर सर्च गरेर गुगलमा जेनेरेट गरिएको कुनै वेबसाइट पछ्याएर कलेजको छनौट नगर्नुस। जुन तपाईंलाई नेपालमा शीर्ष १० बीबीए कलेजहरूको सूची राखिएका हुन्छ्न तिनीहरु रकम भुक्तान गरेर बिज्ञापन गरिएका हुन सक्छ्न । या त सामान्य केवल लोकप्रिय कलेजहरू छानिएका हुन्छन।
बुद्धिमान भएर चलाखीपूर्वक कलेजको छनौट गर्नुहोस्। लोकप्रिय कलेज र विज्ञापनको पासोमा फसेर पछुताउने बाटो नबनाउनुहोस। तपाइँको चाहना के हो निर्धारण गर्नुहोस त्यस अनुसार शुल्कको आधारमा कलेज छनौट गर्नुहोस।
अतिरिक्त पाठ्यक्रम, इन्टर्नशिप, इत्यादि तपाईलाई कुन कुराले बढी महत्त्व दिनुहुन्छ त्यही अनुसार कलेज छान्दा उपयुुक्त हुन सक्छ। आफुले निर्धारण गरिएको कलेज कुन हो त्यहाँ आफै जानुहोस कुरा गर्नुहोस् र आफैं पत्ता लगाउनुहोस्। ताकी भबिस्यमा गएर पछुताउनु नपरोस ।






