काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ ।
देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा निवदेन दिएको र आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा उनीहरुलाई रिहा गरिएको हो ।






