Home / Nepal / सीमा प्रवेश गर्दै गरेका भारतीयलाई स्थानीयले लखेटे

सीमा प्रवेश गर्दै गरेका भारतीयलाई स्थानीयले लखेटे

वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका कबहीगोठस्थित सीमाबाट भारतीय समूह नेपाल प्रवेश गर्न खोजेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

दुई जना भारतीयले नेपाली सीमाभित्र आफ्नो खेत भएको भन्दै प्रवेश गर्न खोजेका थिए ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रवेश गर्न रोकेका थिए ।

नेपाल प्रवेश गर्न नपाएका उनीहरुले थप मानिस बोलाएर सशस्त्र प्रहरीमाथि नै ढुंगामुढा बर्साएका थिए ।

स्थिति जटिल बनेपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर समेत गर्नुपरेको प्रहरीले जनाएको छ ।

भारतीय समूहले कवहीगोठमा रहेको सशस्त्र प्रहरीको चेक प्वाईन्टमा आक्रमण गरी असथाई पोस्ट समेत भत्काइदिएका छन् ।

भारतीयले आक्रमण गरेरपछि कवहीगोठका स्थानीयबासी समेत सशस्त्रलाई साथ दिन नाकामा पुगेका थिए ।

कवहीगोठका स्थानीयबासी समेत जम्मा भएपछि स्थितिलाई नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले आ–आफ्ना नागरिकलाई सम्झाई बुझाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *