सिराहा । भारतबाट नेपाल आउन खोज्ने एक जनालाई रोक्न खोज्दा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।
झडपको क्रममा भारतीय नागरिकको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरुरीका जवान राजनकुमार चौधरी घाइते भएका छन्।
उनको निधारमा ढुङ्गाले लाग्दा चोट परेको छ। उनको सिराहा अस्पतालमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेको सशस्त्र प्रहरी कार्यालय सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए।
सिरहा नगरपालिका वडा नम्बर १९ सोहर्वामा सोमबार विहान बाबुलाई दुध लिएर नेपालतर्फ प्रवेश गर्न खोज्दा मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत गएर २०-२५ जना मानिस लिएर ढुङ्गा हन्न लगाएका थिए।
उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ। झडपपछि भारतीय गाउँ कुमरखतका जनप्रतिनिधि र भारतीय सुरक्षा अधिकारीसँग कुरा गरेपछि सीमा क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ।






