काठमाडौं । लियो क्लब अफ काठमाडौं लर्ड्बुद्धले आफ्नो दोश्रो वार्षिक साधारणसभा मार्फत लियो सबिता भेटवाललाई अध्यक्षमा मनोनीत गरेको छ ।
सदस्यहरुको आपसी सहमतिमा नया कार्य समिति गठन गरिएको हो । यसअघि लियो आयुष्मा भेट्वालको नेतृत्वमा यो क्लव रहेको थियो ।
लकडाउनको कारण डिजिटल प्लाट्फर्म जूम मार्फत गरिएको बार्षिक भेलामा सल्लाहकारका अलवा सदस्यहरुको उपस्थिति थियोे ।
भेलामा निवर्तमान अध्यक्ष लियो आयुष्मालाई धन्यवाद दिइएको थियो भने नवनिर्वाचित लियो सबितालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिईएको थियो ।

भेलाले उपाध्यक्षमा लियो सन्ध्या साउदलाई मनोनीत गरेको छ । त्यस्तै दोस्रो उपाध्यक्षको रूपमा लियो प्रेक्ष्या खड्का, तेस्रो उपाध्यक्ष लियो पवित्रा सत्याल मनोनीत भएका छन ।
साथै सचिबको रुपमा लियो संध्या राजभण्डारी निर्वाचित भएकिछिन भने सहायक सचिवको रुपमा लियो सबिना आचार्य, कोषाध्यक्षमा लियो सुजिता श्रेष्ठ, सहायक कोषाध्यक्ष लियो प्रज्ञा पांडे तथा टेल ट्विस्टरमा लियो स्वस्तिका न्यौपाने, जनसम्पर्क अधिकारीमा लियो सजना तामाङ मनोनीत भएकी छिन ।

भेलामा नव कार्य समितिलाई सफल कार्यकालको कामना गरिएको थियो।






