Home / World News / लियोन माथी प्रभावसाली जित निकाल्दै बार्यन फाइनलमा

लियोन माथी प्रभावसाली जित निकाल्दै बार्यन फाइनलमा

काठमाडौं-पाँचपटकको च्याम्पियन जर्मन क्लब बार्यन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ।बिहिवार बिहान नेपाली समय अनुसार १२:४५ बजे बाट शुरु भएको लिगको दोस्रो सेमिफाइनल खेलमा फ्रेन्च क्लब लियोनमाथि ३–० को प्रभावशाली जित निकाल्दै बार्यन उपाधि नजिक पुगेको हो।

पोर्चुगलको लिस्वन सहरस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा भएको रोमाञ्चक खेलमा बार्यनले एकपक्षीय जित निकाल्दै फाइनलमा फ्रेन्च क्लब पिएसजीसँगको भेट पक्का गरेको हो।

बार्यनका लागि खेलको १८औं मिनेटमा गेनाब्रीले जोसुवा किमिचको पासमा पहिलो गोल गरेका थिए। त्यसपछि बार्यनका लागि खेलको ३३औं मिनेटमा गेनाब्रीले नै व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा बार्यन लाई २-० को अग्रता दिलाएका थिए। खेलको ८८औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले हेडिङमार्फत् सुन्दर गोल गरेपछि बार्यनले ३–० को जित पक्का भएको थियो।

अब प्रतियोगिताको फाइनल खेल आइतबार राति हुनेछ, फाइनल पुगेको अर्को टोलि पिएसजीले जर्मन क्लब आरबिज लेइपजिगमाथि ३–० को जित निकाल्दै फाइल पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *