Home / Sports / युरोपियन लिगका लागि स्पोर्टिङ मेरिटको आधारमा क्लबहरू छनोट हुने

युरोपियन लिगका लागि स्पोर्टिङ मेरिटको आधारमा क्लबहरू छनोट हुने

लन्डन, एजेन्सी। युरोपियन फुटबल महासंघ युइएफएले यदि यो सिजनमा यूरोपेली राष्ट्रका शिर्ष लिगहरु सम्पन्न नभए अर्को सिजनको युरोपियन लिगका लागि स्पोर्टिङ मेरिटको आधारमा क्लबहरू छनोट हुने निर्णय गरेका छन्।

युइएफएको बिहिबार बसेको बैठकबाट क्लबहरुले हासिल गरेको अंकका आधार (स्पोर्टिङ मेरिट) अनुसार छनोट गर्ने निर्णय गरेको हो।

जसमा यदि यो सिजनमा शिर्ष युरोपियन घरेलु लिगहरु सम्पन्न नभएको खण्डमा क्लवहरुले पाएको अंकको तुलना गरेर च्याम्पियनस लिग र युरोपा लिगका लागि क्लवको छनोट गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयपछि यदि यो सिजनको प्रिमियर लिग सम्पन्न भएन भने अर्को सिजनमा म्यानचेस्टर सिटी, लिभरपुल, लेस्टर र चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना प्रबल बनेको छ।

त्यस्तै म्यानचेस्टर युनाइेटड र उल्भरह्याम्टनले युरोपा लिगका लागि छनोट हुनेछन्।

तर, हाल यूइएफएको प्रतिबन्धमा रहेको म्यानचेस्टर सिटीको सो कारवाही कायमै रहेमा भने म्यानचेस्टर युनाइेटड च्याम्पियन्स लिगका लागि नै छनोट हुने सम्भावना पनि उत्तिकै छ। जसको प्रत्यक्ष फाइदा सेफिल्ड युनाईटेडलाई हुनेछ ।

सेफिल्डले युरोपा लिगमा स्थान बनाउनेछ। त्यसैगरी बुन्डेस लिगालो यो सिजन पुरा नभएमा बार्यन म्युनिख, बोरुसिया डर्टमुण्ड, लेइपजिङ र बोरुसिया माग्लाडवाचले च्याम्पियन्स लिग खेल्नेछन।

त्यस्तै इटालियन सिरी ए मा लाजियोसँगै युभेन्ट्स, इन्टर मिलान र एटलान्टाले च्याम्पियन्स लिग खेल्नेछन। नेपोली र रोमा युरोपा लिगका लागि छनोट हुनेछन।

युरोपियन फुटबल महासंघले अर्को सिजनको यूईएफए च्याम्पियन्स लिग र यूरोपा लिगका लागि बनाएको यो अन्तिम विकल्प हो। तर सबै शिर्ष लिगहरु मे वा जुनमा सुचारु गर्ने तयारीमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *