Home / Nepal / मृत्यु भएको ११ दिनपछि शव बुझाइयो

मृत्यु भएको ११ दिनपछि शव बुझाइयो

रुपन्देही । बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते मृत्यु भएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ ।

आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् ।

उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो ।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिए । मृतकका परिवारलाई सामाजिक संघ-संस्थाले आठ लाख रुपैयाँ राहत दिने निर्णयसमेत भएको छ । 

दुबईबाट यही चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । चैत १६ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । -रासस

प्रतिकात्मक तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *