काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।
तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यसमध्ये ३२४ जनाको मृत्यु भइसकेको छ ।
९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् ।
दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । दिल्लीमा आजसम्म सबैभन्दा धेरै सोमबार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
अब दिल्लीमा मात्रै संक्रमितको संख्या एक हजार ५१० पुगेको छ । दिल्लीमा मात्रै कोरोनाले २८ जनाको मृत्यु भइसकेको छ ।






