Home / World News / भारतमा लोकपाल सदस्य अजय कुमार त्रिपाठीको कोरोनाले मृत्यु

भारतमा लोकपाल सदस्य अजय कुमार त्रिपाठीको कोरोनाले मृत्यु

काठमाडौं । भारतको लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी छत्तिसगढ हाइकोर्टका पूर्व न्यायाधीश पनि थिए । 

शनिबार मृत्यु भएका उनलाई पछिल्लो साल मार्चमा कानुन मन्त्रालयले लोकपाल सदस्य बनाएको थियो ।

लोकपाल सदस्य भए पछि उनले न्यायाधीश पदबाट राजीनामा दिएका थिए । 

अप्रिल २ मा स्वास्थ्यमा समस्या देखिए पछि उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *