काठमाडौं । नेपाली गायक भीम निरौलाले ब्रिटिस गट ट्यालेन्टमा आफ्नो प्रस्तुती दिएका छन् । सन्डे मर्निङ लभ मन्डे मर्निङ लभ गाएर उनले आफ्नो प्रस्तुती दिएका हुन् ।
उनले प्रस्तुती दिँदा निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै सँगै गाएर तथा नाचेर साथ दिएका थिए ।

उनि अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

भीमलाई प्रस्तुती दिँदै गर्दा आयोजकले स्टेजमा आएर निर्णायक सामु पुर्याएर हात मिलाउन लगाएका थिए ।
गट ट्यालेन्ट आफूमा भएको जुनसुकै प्रतिभा प्रस्तुत गर्ने मञ्च हो । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको अन्तर्राट्रिय रियालिटी हो ।






