Home / Nepal / बारामा ७५ प्रतिशत केरा खेती पुर्ण रुपमा नष्ट, करोडौंको क्षती

बारामा ७५ प्रतिशत केरा खेती पुर्ण रुपमा नष्ट, करोडौंको क्षती

श्याम गुप्ता

बारा । हावाहुरीले करोडौंको केरा नष्ट भए पछि बाराका अन्य स्थान सहिँत निजगढ नगरपालिकाका कृषक चिन्तित बनेका छन् । बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो ।

हावाहुरीसँगै आएको असिनाका कारण बारामा हजारौं हेक्टरमा लगाईएको कोरा खेती पुर्ण रुपमा नष्ट भएको छ । शुक्रवार र शनिवार राति वर्षासँगै आएको हावाहुरी र असिनाले जिल्लाकोे निजगढ , कोलभी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगायत विभिन्न स्थानमा केरा खेतीलाई पुर्ण रुपमा नष्ट गरेको हो ।

किसानले लगाएको कोरा खेती कामैं नलाग्ने गरि हावा , हुरी र अशिनाले नष्ट गरेको बारा निजगढ नगरपालिका ८ बस्ने किसान नानी सन्जेलले बताए ।

उनले १ बिगहा ५ कठ्ठामा लगाईएको कोरा खेती पुरै हावाहुरीका साथै आएको असिनाले नष्ट गरेको बताए ।
प्रति कठ्ठामा करिब ४ लाख खर्च भैसकेको बताउँदै उनले आँफुहरुको लगानी डुबेको र बेच्ने बेलामा पाक्नै लागेको केरा नष्ट भए पछि आँफुहरुको वर्ष दिनको आम्दानीको श्रोत नैं समाप्त भएको बताए ।


हावाहुरीका कारण पसाउँन लागेका , पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । हावाहुरी कै कारण एउटै किसानको लाखौंको क्षति पुगेको छ ।

तस्बिर : श्याम गुप्ता

केही किसानले बोटको बिमा गरे पनि अधिकांश किसानहरुले बिमा गरेका छैनन् । त्यसले किसानहरु चिन्तित छन् । यता उँखुबाट पिडित अधिकांश किसानहरुले केरा लगाएको तर , केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरे पछि यहाँका किसानहरुलाई समस्या परेको अर्का किसान बिनोद न्यौपानेले बताए ।

उनले केरामा ठुलो क्षती भएकोले राज्यले किसानलाई क्षतीपुर्ती उपलब्ध गराउँनु पर्ने माँग गरेका छन् ।
कोरोना भाइरसका कारण लकडाउन झेलिरहेका बाराका किसानले नगदे बालीको रुपमा रहेको केरा खेतीबाट ठुलो आश गरे पनि खेतमा लगाईएको बाली नष्ट भए पछि के गर्ने नगर्ने भन्ने ठुलो चिन्तामा परेका छन् ।


यस जिल्लामा करिब ११ सय बिगाहामा केरा खेती हुँने गरेको बारा केरा तथा फलफुल व्यवसाय संघका अध्यक्ष एक बहादुर क्षेष्ठले बताए ।


जिल्लामा रहेको ७५ प्रतिशत केरा खेती पुर्ण रुपले नष्ट भएको छ , जसको अनुमानित करिब ४० करोड २० लाख बराबरको क्षती भएको उनले बताए ।


हावाहुरीले व्यापक क्षति पुर्याउँदा समेत निरीक्षणका लागि हाल सम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनाँसो गरेका छन् ।


धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्वाद भए पछि समूहबाट केरा खेतीका लागि लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *