Home / Sports / फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने

फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

कोरोना भाइरसका कारण विश्वभर फुटबल गतिविधिमा परेको आर्थिक संकट परिपुर्तिका लागि फिफाले आफ्ना प्रत्येक सदस्य राष्ट्रहरुलाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको हो।

कोरोना कारण विगत एक महिनादेखि लक डाउनमा रहेको नेपालमा पनि फुटबल लगायत सम्पूर्ण खेल गतिविधिहरु ठप्प रहेका छन्।

नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४९ पुगेको छ। त्यसमध्ये १० जना निको भएर घर फर्किसकेका छन्।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर झण्डै दुई लाख मानिसको मृत्यु भइसकेको छ।

त्यसबाट फिफाका कुनै पनि सदस्य राष्ट्रहरु अछूटो छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *