Home / Nepal / नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनले ग¥यो आर्थिक सहयोग

नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनले ग¥यो आर्थिक सहयोग

काठमाडौं ।  पशु स्वास्थ्य सेवाको क्षेत्रमा सेवा प्रवाह गरिरहेका प्राविधिक जनशक्तिहरुको साझा नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनले “कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष” मा जम्मा हुने गरि रु. एक लाख एकावन्न हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

यस एसोसिएशनका सम्पुर्ण सदस्यहरुले कोरोना भाईरस सम्वन्धी जनचेतनामुलक र साबधानीका विषयमा जनसमूदायमा सचेतनामुलक कार्य गरिरहेको व्यवहोरा अनुरोध गर्दै कोरोना भइरसको नियन्त्रण, रोकथाम र फैलिन नदिने कार्यमा नेपाल सरकारले गरीरहेको कार्यलाई सहयोग पुग्ने हेतुले एसोसिएशनको तर्फवाट सहयोग गरेको एसोसिएसनका अध्यक्ष अध्यक्ष राम प्रसाद मेहताले बताउनुभयो ।

चीनको वुहान शहरलाई केन्द्रविन्दु बनाएर सन २०१९ डिसेमवर ३१ देखि विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरससँग विश्व नै लडिरहेको छ ।

हाम्रो देश नेपालमा पनि हाल सम्म ६ जनामा संक्रमण देखिएकोमा १ जना निको भईसकेको र अन्यको उपचार भईरहेको छ भने नमुना परिक्षण कार्यलाई तिव्रता दिएको सर्वविधितैछ ।

नेपाल सरकारले कोभिड १९ को रोकथाम र फैलिन नदिनका लागी लकडाउन गरेको छ । साथै विभिन्न किसीमका सचेतनामुलक कार्यक्रम लगायत व्यवस्थापनको प्रयास गरिरहेकोले सम्पुर्ण जनसमुदायहरुले सावधानी र धैर्यतापूर्बक जीवनयापन गर्न र नेपाल सरकारको निर्णाय, सल्लाहा, सुझावको पालना पूर्ण रुपमा गर्न समेत एसोसिएसनको आग्रह छ ।
साथै यस एसोएिशनका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुलाई यस विपतको घडिमा आ–आफनो तवरले आर्थिक सहयोग “कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष” को राष्ट्रिय बाणिज्य बैंक च.हि.न १९६०००००११०१ मा जम्मा गर्न हुन समेत अनुरोध गर्दै कोभिड– १९ को नियन्त्रण, रोकथाम तथा फैलिन नदिनका लागी सवैलाई एकजुट हुन समेत आग्रह एसोसिएसनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *