Home / Politics / नेपाली भूमिमा भारतले सडक बनाएकोमा नेकपाको विरोध (विज्ञप्ति सहित)

नेपाली भूमिमा भारतले सडक बनाएकोमा नेकपाको विरोध (विज्ञप्ति सहित)

काठमाडौं । नेपाली भूमिमा भारतले सडक बनाएकोमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको थियो ।

उक्त घटनाले नेपालको सार्वभौमसत्ताको अवमुल्यन भएको नेकपाले जनाएको छ । भारत सरकारले शुक्रबार मात्रै नेपाली भूमि हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेको थियो ।

भारतको उक्त गतिविधिको विरोधमा नेपाल सरकारले शनिबार दिउँसो नै विज्ञप्ति जारी गरेको थियो । 

सत्तारुढ दल नेकपाले शनिबार साँझ अर्को विज्ञप्ति जारी गर्दै भारत सरकारको गतिविधिमा आपत्ति जनाएका हुन् ।

 कोभिड १९ महामारीका कारण विश्व मानवजातिले नै स्वास्थ्य संकट व्यहोरिरहेका बेला भारतको गतिविधिले निराश बनाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *