Home / Nepal / News / नेपालगञ्जमा ७ जना नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्जमा ७ जना नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।

मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *