बलिउड : निर्देशक नाग अश्विनको आगामी फ्युचरिस्टिक एक्सन थ्रिलर चलचित्रका लागि अमिताभ बच्चनले २१ करोड पारिश्रमिक लिएका छन् । १०० करोड बजेटका साथ बन्न लागेको यस चलचित्रमा अभिनेता प्रभास रतश दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिने छन् ।
“दक्षिणमा (दक्षिण भारतीय) मा काम गर्न अमिताभ बच्चन प्रायः प्रिमियम पारिश्रमिक नै लिन्छन् । यस चलचित्रमा अमिताभको भूमिका कथाको मुख्य पात्र हुने छ । चलचित्रको महत्व र उनको भूमिकाको असरको आधारमा बीग बीले २१ करोड रकम लिएका हुन्,” एक स्रोतले बलिउड हंगामालाई भन्यो ।
चलचित्रमा उनको भूमिकालाई लिएर निर्माण टिमले पनि पारिश्रमिकामा कुनै सम्झौता गर्न खोजेन । २०२३ मा रिलिज गर्ने सोचसहित चलचित्र अर्को वर्षबाट छायांकनमा जाने छ ।





