दुबईमा अड्किएका २६२ जना नेपालीहरु लाइ उद्धार उडानमार्फत आज काठमाडौ ल्याइएको छ।
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई केहीबेरअघि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो।
निगमका अनुसार निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको हाे भने उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो।
निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो। हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएपछि उक्त दिन दुबइबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौ ल्याइएको हो।





