Home / Nepal / दिक्तेलबजारमा लकडाउनकै समयमा आगलागी

दिक्तेलबजारमा लकडाउनकै समयमा आगलागी

खोटाङ ।  खोटाङस्थित दिक्तेलबजारमा लकडाउनकै समयमा आगलागी भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ पोखरीका सिद्दिबहादुर सैंजुको घरमा शुक्रवार दिउँसो आगलागी हुँदा ५ लाख रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण जस्ताको छाना भएको दुई तले घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयको प्रहरी नीरिक्षक आमोदप्रसाद खेरवारले वताउनुभयो ।

विद्युत सर्टका कारण लागेको आगोलाई प्रहरी, स्थानीय र नगरपालिकाको दमक प्रयोग गरी नियन्त्रणमा लिईएको थियो ।


लकडाउनको समयमा एक्कासी आगलागी हुँदा घटनास्थलमा वजारवासीको भीड लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *