Home / Society / जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु

जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु

किमाथाङ्क । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताउनुभयो । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिका बिरामी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *