Home / World News / छिमेकी देशहरूमा कोरोना महामारी झन् फैलियो, भारतमा मात्र १७ हजार बढी संक्रमित

छिमेकी देशहरूमा कोरोना महामारी झन् फैलियो, भारतमा मात्र १७ हजार बढी संक्रमित

काठमाडौं ।  कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । 

  हालसम्म विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ८७ हजार ५ सय २ जना कोरोना संक्रमणको शिकार भएका तथा ६ लाख १३ हजार ४ सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।

भने हालसम्म कुल संक्रमितको ३ प्रतिशत अर्थात ५४ हजार २ सय ९७ जनाको अवस्था गम्भिर रहेको छ ।

के छ  छिमेकी मुलुकहरुमा कोरोनाको अवस्था ?

भारत

सार्क मुलुक भारतमा हालसम्म कोरोनाको कारण ५५६ जनाको ज्यान गइसकेको छ । हालसम्म भारतमा १७ हजार ६ सय १५ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै आज मात्रै ३५ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरले देखाएको छ ।

पाकिस्तान

अर्काे सार्क मुलुक पाकिस्तानमा ८ हजार ३ सय ४८ जना कोरोना संक्रमित रहेको र १ सय ६८ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । भने आज ७ सय १० जना नयाँ संक्रमित थपिएको छन् । साथै २५ जनाकोे आजै मात्र कोरोनाको कारण मृत्यु भएको तथ्यांकले देखाएको छ ।

बंगलादेश

त्यस्तै अर्काे सार्क मुलुक बंगलादेशमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । भने २ हजार ४ सय ५६ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै आज मात्रै नयाँ ३ सय १२ जना संक्रमित थपिएको र ७ जनाले ज्यान गुमाएका छन् ।

अफगानिस्तान

अर्काे सार्क मुलुक अफगानिस्तानमा कोरोनाको कारण हालसम्म ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आज मात्रै ६३ जना नयाँ संक्रमित थपिएसँगै ९ सय ९६ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

श्रीलंका

त्यस्तै अर्काे सार्क मुलुक श्रीलंकामा हालसम्म २ सय ७१ जना कोरोना संक्रमित रहेका छन् । भने यो समाचार तयार पार्दासम्म ७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेकोे तथ्यांकले देखाएको छ ।

भुटान

त्यस्तै भुटानमा हालसम्म कोरोनाको कारण यो समाचार तयार पार्दासम्म कसैको पनि मृत्यु भएको छैन् । तर त्यहाँ ७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । दुइ जना मानिस निको भइ घर फर्किएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।

नेपाल

अर्काे सार्क मुलुक नेपालमा पनि कोरोनाको कारण हालसम्म कसैको मृत्यु भएको छैन् । नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको र ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

माल्दिभ्स

त्यस्तै सार्क मुलुक माल्दिभ्समा यो समाचार तयार पार्दासम्म ५२ जना कोरोना संक्रमित रहेका छन् । भने आज मात्र त्यहाँ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । तर त्यहाँ हालसम्म कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *