Home / Nepal / News / गोरखामा पहिरोले पुरिएर एक महिलाको मृत्यु

गोरखामा पहिरोले पुरिएर एक महिलाको मृत्यु

गोरखा : आज दिउसो गोरखामा करिब १ बजे तिर गण्डकी गाउँपालिका ४ कि ३६ बर्सिय लक्ष्मी गुरुङको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सङै ८ वटा बाख्रा पनि पुरिएर मरेको थाहा हुन आएको छ। घटनास्थलतर्फ प्रहरी गइरहेको तर पुग्न नसकेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको छ।यसैगरी अजीरकोट गाउँपालिका ४ माउसुलीपाखाका रामबहादुर मगरको घर पनि पहिरोले बगाएको स्थानीय दलकुमार गुरुङले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *