Home / Nepal / News / कोरोना संक्रमित भारतीय जमातीहरु कोरोनामुक्त, डिस्चार्जको तयारी

कोरोना संक्रमित भारतीय जमातीहरु कोरोनामुक्त, डिस्चार्जको तयारी

वीरगन्ज । वीरगन्‍जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्।

कोरोनाका बिरामीको उपचारमा खटिएका नारायणी अस्पतालका डाक्टरका अनुसार चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका हुन् ।

वीरगन्जस्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिक निको भएका हुन्।

त्यसैगरि वैशाख २ गते उपचारका लागि भर्ना भएका रौतहटका एकजना युवक पनि कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

चैत ३० गते भर्ना भएका ३४, ४४ र ५५ वर्षीय भारतीय नागरिक निको भएकाले डिस्चार्ज गरेर घर फिर्ता पठाउन लागिएको छ।

त्यसैगरि रौतहटका १९ वर्षीया युवकको पनि कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि निको भएका हुन्। उनी भारतको राजधानी नयाँदिल्लीबाट आएका हुन्।

अब वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीका एक युवक र धनुषाका एक बालकको उपचार जारी रहेको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *