दाङ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दाङमा १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई/दुई र दंगीशरण गाउँपालिकाका एकको मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।
जिल्लाभरबाट पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् भने २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिले दुई हजार ६६० सक्रिय संक्रमित रहेका छन् । रासस






