Home / Nepal / News / कोरोनाबाट मलेसियामा एकदिनमा ६ जनाको मृत्यु, १४० संक्रमित

कोरोनाबाट मलेसियामा एकदिनमा ६ जनाको मृत्यु, १४० संक्रमित

२६ देखि ३० र ५६ देखि ६० उमेर समूहका मानिस बढी जोखिममा

क्‍वालालम्पुर ।  मेलसियामा नोभेल कोरोना भाइरसबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ ।

मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार ६ नयाँ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । मलेसियाली स्वास्थ्य महानिर्देशक डा. नूर हिसाम अब्‍दुल्लाहले मंगलबार थप ६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
उनले थप १४० जना नयाँ कोरोना संक्रमित भेटिएको बताएका छन् । उनका अनुसार कोरोना संक्रमितको संख्या दुई हजार ७६६ पुगेको छ ।


उनले भने, “हाल अस्पतालमा उपचार गराइरहेका मध्ये ९४ जना आईसीयूमा, ६० जनालाई भेन्टिलेटरमा राखिएको छ,” मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । उनले हालसम्म ५८ कोरोना संक्रमितको उपचार गरिएको र घर पठाइएको छ । उनले जम्मा संक्रमितमध्ये १९.४ प्रतिशत कोरोना संक्रमितको उपचार भएको बताएका छन् ।

“दैनिक कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । यससँगै उपचार भएर घर फर्किनेको संख्या पनि बढ्दै छ,” उनले भने ।

उनले आगामी दुई साता थप महत्त्वपूर्ण हुने बताए । सरकारले लिने निर्णयले अपेक्षित परिणाम ल्याउने बताएका छन् ।

उनले २६ देखि ३० र ५६ देखि ६० वर्षको उमेर समूहका मानिसहरु बढी जोखिममा रहेको बताएका छन् । – न्यु स्ट्रेट टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *