काठमाडौँ । भक्तपुर, ललितपुर कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र ललितपुरले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलावटलाई नियन्त्रण गर्न देश लकडाउन अवस्थामा रहेपनि कृषि जन्य उत्पादनलाई निरन्तरता दिने कार्य अनुरुप यस कार्यालयबाट प्रवाह गरीने विभिन्न सेवाहरु कृषक समक्ष पुर्याउनका लागि प्राविधिक कार्यदल बनाई सेवा प्रवाह गर्ने भएको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर कार्यक्षेत्र रहेको केन्द्रले कृषकहरुले अत्यावश्यक सुचना तथा परामर्श सेवाहरु आवश्यक परेमा निम्न अनुसारको विज्ञसँग टेलिफोन, मोबाइल, इमेल, फेुसबुक लगायतका माध्यमबाट जानकारी लिन सकिने कुरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।
साथै केन्द्रले यस बिषम परीस्थितीलाई मध्यनजर गर्दै आम किसान साबधानीपुर्वक र धैर्यताका साथ आफ्नो कृषि कर्म गरौँ भन्ने आग्रह समेत सबै किसानमा गरेको छ ।







