काठमाडौं : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ , ललितपुरका ५ र भक्तपुरका १ जना गरी सोमबार ९ जना संक्रमित भएका हुन् ।
आइतबार उपत्यकामा ६ जनालाई कोरोना संक्रमण भएको थियो । जसमा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको थियो ।
यसै गरी पछिल्लो २४ घण्टामा देशभर १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको थियो।






