Home / Nepal / News / कस्तो छ नेपालमा देखिएका कोराना संक्रमितको स्वास्थ्य अवस्था ?

कस्तो छ नेपालमा देखिएका कोराना संक्रमितको स्वास्थ्य अवस्था ?

काठमाडौं । कोरोना संक्रमणको संख्या बढेसँगै नेपालमा निको हुनेको संख्या पनि त्यसरीनै बढ्नुले समयमै परिक्षण गरि रोग पहिचान र उपचारमा ध्यान दिन सके कोरोना लाग्ने वित्तिकै मान्छे मर्दैन निको हुन्छ भन्ने सन्देश दिईरहेको छ ।

पछिल्लो समय वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुने तयारीमा पुगेका छन् ।

परिक्षण रिपोर्ट नेगेटिभ आएकाले चारै जनालाई आईतबार डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताउनुभएको छ ।

तीन जना वीरगंजको मस्जिदमै ज्वरो आएर परिक्षणका लागि नारायणी अस्पतालमा पुग्दा उनीहरुलाई कोरोना संक्रमण भएको प्रमाणित भएको थियो भने एक जनालाई रौतहटबाट उपचारका नारायणी अस्पताल लगिएको थियो ।

चारैजना भारतीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर मात्र डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

उनीहरुको डिस्चार्जपछि कोरोना संक्रमित दुई दिन अघि जनकपुरबाट वीरगंज ल्याईएका १४ बर्षे बालकको भने उपचार जारी रहनेछ ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले समयमै लकडाउन गर्नुका साथै परिक्षणलाई तिब्रता दिनुका साथै उपचारमा सकृय भएकै कारण अहिले सम्म कुनै पनि संक्रमित जटिल अवस्थामा पुगेका छैनन् ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएका ४९ मध्ये ११ जनाको डिस्चार्ज भैसकेको छ । हाल वीरगंजका ४ जना सहित ३८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *