Home / Politics / जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सबै खाले सवारी पास वितरण बन्द

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सबै खाले सवारी पास वितरण बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले सबै खाले सवारी पास वितरण बन्द गरेको जनाएको छ । 

जिप्रका काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले आज एक सूचना जारी गर्दै कार्यालयबाट जारी हुने सबै प्रकारका पास अर्को व्यवस्था नहुने बेलासम्मका लागि रोक लगाइएको जनाएका छन् । 

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले पास वितरणमा रोक लगाएको जनाएको छ । 

‘‘गृह मन्त्रालयको च.नं. ३९१ मिति २०७७/४/२८ गतेको सवारी पास वितरण बन्द गर्ने सम्बन्धी प्राप्त पत्र बमोजिम यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनका लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनका लागि दिइँदै आएको सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यवहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’’ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *