Home / Nepal / मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामापरि मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो।

बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्।

काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल जुधेका थिए । मोटरसाइकलमा सवार थिए न्यौपाने र कटुवालको उपचारको क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी मानबहादुर राईले जानकारी दिएका छन्।

भ्यानमा सवार घाइते दुई जनाको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ। भ्यानमा सवार १२ यात्रु सकुशल छन्। मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *